किन ढोगे पूर्वराजाले ?

किन ढोगे पूर्वराजाले ?


पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनदेखि तराईका जिल्लामा निजी भ्रमणमा व्यस्त हुनुभएको छ । शाहले निकटका व्यक्तिहरूसँग भेटघाट गरेर मधेसको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनुभएको स्रोतले जनायो ।

भेटघाटका क्रममा मधेसका वरिष्ठ समाजसेवी, पुराना पञ्चहरू, केही धार्मिक गुरुहरूसँग पूर्वराजा ज्ञानेन्द्रले परामर्श गर्नुभएको छ । यसक्रममा पूर्वराजा ज्ञानेन्द्र अहिले वीरगञ्ज क्षेत्रमा हुनुहुन्छ ।

शाहले सोमबारदेखि वीरगञ्जमा आफ्नो भेटघाटलाई तीव्र बनाउनुभएको छ । उहाँले सोमबार नै वीरगञ्जको गोपालमण्डलीमा पुरीमठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीसँग भेट गर्नुभयो ।

स्रोतका अनुसार निश्चलानन्द सरस्वतीसँग विशुद्ध धार्मिक भेटघाट भएको हो । भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई भावपूर्ण रूपले ढोग्नुभएको थियो ।

अन्य व्यक्तिहरूसँगको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रले परिवर्तित शासनसत्ताको प्रभावबारे परामर्श गर्नुभएको बुझिएको छ । उहाँले हालको मधेसको अवस्था र सङ्घीयतापछिको तराईमा छाएको राजनीतिक गतिविधिलाई चासोका साथ हेर्नुभएको स्रोतले जानकारी दियो ।