पार्टी एकीकरणपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्दै

पार्टी एकीकरणपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्दै


एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) बनेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दै छ । सरकारका प्रवक्ता एवम् सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सरकारका भावी योजना र कार्यक्रमलाई मुर्तरुप दिन, नीति तथा कार्यक्रमलाई टुङ्गोमा पुऱ्याउन बैठक बस्न लागैको जानकारी दिए ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको छलफल गर्न बैठक आइतबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ ।

आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुने प्रवक्ता बाँस्कोटाले बताए । सरकारले भोली सोमबार नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी सरकारमा थिए, पार्टी एकतापछि सरकारमा सहभागी दल अहिले नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन)को नाममा रुपान्तर भएको छ ।