नेकपा (अण्डरलाइन)मा केन्द्रीय कमिटी बनाउने कसरत

नेकपा (अण्डरलाइन)मा केन्द्रीय कमिटी बनाउने कसरत


तत्कालीन एमाले र माओवादी केन्द्रले नवगठित नेकपा (अण्डरलाइन)को नयाँ केन्द्रीय कमिटी निर्माणका लागि आ–आफ्ना तर्फबाट नाम सिफारिस कार्यलाई उत्कर्षमा पुऱ्याएका छन् ।

तत्कालीन एमालेले आफ्नो तर्फबाट बुझाउनुपर्नै सबै नामको विवरण तयार गरिसकेको छ । एमालेको साविक केन्द्रीय कमिटीमा दुई सय सदस्य थिए । पछिल्लो सहमतिअनुसार अब ४१ जना थप्नुपर्नेमा तत्कालीन केन्द्रीय कमिटीका राधाकृष्ण मैनालीसहित केही सदस्यलाई बिदा दिइएको स्रोतले जनाएको छ ।

तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा केपी ओली र माधव नेपाललाई दिएको थियो । दुवै नेताले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गरेका बताइन्छ ।

थपिने केन्द्रीय सदस्यको सूची सार्वजनिक भएको छ । नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि परेका छन् । कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी खतिवडा एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् भने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल केन्द्रीय कमिटीमा थपिएका छन् ।

युवा नेताहरूबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् । तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली समेत केन्द्रीय कमिटीमा पुगेका छन् ।

पूर्व नेकपा (एमाले)का तर्फबाट नयाँ पार्टीको केन्द्रीय सदस्यका लागि सिफारिसमा परेका नामहरूमा केपी शर्मा ओली (अध्यक्ष), झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरूङ, प्रदिप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुभाष नेमाङ, किरण गुरूङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अमृत बोहरा, सोमनाथ प्यासी र पुष्प कँडेल रहेका छन् ।

यसैगरी, केशवप्रसाद बडाल, अरूण नेपाल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदिप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरूङ, पशुपति चौलागाई, विन्दा पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, घनेन्द्र बस्नेत, जया घिमिरे, देवराज घिमिरे, प्रेमेश हमाल, विजय सुब्बा, रामकुमार ज्ञवाली, सुमन प्याकुरेल, हरि पराजुली, कमलजङ राई दनुवार, कृष्ण खनाल, किशोर अधिकारी र खेमप्रसाद लोहनी केन्द्रिय सदस्यमा एमालेका तर्फबाट सिफारिसमा परेका छन् ।

यस्तै, गणेश पहाडी, गुलावजङ शाह, गोविन्द ब. नेपाली, तिलक महत, तिलवहादुर वि.क., तैयव हुसेन, राजबहादुर बुढा, रामरति देवी राम, रामशरण बस्नेत, लक्ष्मी पोखरेल, विक्रम शाही, विशाल भट्टराई, शेरवहादुर केसी, सीता सुन्दास, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिबहादुर राई, हंशराज शाही, खगेन्द्र चुडाल, झपट रावल, डा. देउमान सम्वाहाङ्फे, देवशंकर पौडेल, प्रलाद गिरी, भास्कर काफ्ले, मानबहादुर जिसी, यमलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल र विष्णु रिमाल रहेका छन् ।

यस्तै, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्तीमगर, गोरख बोगटी, गौराप्रसाई कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादूर गुरूङ, दलबहादुर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुध्न महतो, शेरधन राई, सानुकुमार श्रेष्ठ, ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेश सिंह ठगुन्ना, गरिमा शाहा, गोमा देवकोटा, चुडामणी जंगली, जगदीशप्रसाद कुसियत, जयन्ती राई, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टंक कार्की, ठाकुर गैरे, डम्बरसिंह सम्बाहाम्फे, नजिर मियाँ, पद्मा अर्याल, पार्वत गुरूङ, बलवीरप्रसाद चौधरी, बलदेव चौधरी, बैजनाथ चौधरी, बोमबहादुर विक, भैरवसुन्दर श्रेष्ठ, ममता गिर, महमद अन्सारी, महिम लिम्बु, महेश्वर पाठक, मायानाथ अधिकारी, यज्ञराज सुनुवार, रविन्द्र अधिकारी, राजन भट्टराई, राजेन्द्र कुमार राई, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, दिनेशचन्द्र यादव, दिनेश राई, धर्मराज निरौला, निरा जैरू र निरूदेवी पाल पनि सिफारिसमा परेका छन् ।

यसैगरी, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, पुरणसिंह दयाल, प्रेमबहादूर आले, प्रेमल खनाल, विना श्रेष्ठ, भगवती चौधरी, भुपेन्द्र थापा, भैरवबहादुर सिंह, मना केसी, माधव अर्याल, माधव ढुंगेल, मेटमणी चौधरी, मोहन बानियाँ, रचना खड्का, रविन कोइराला, राजन राई, लालबहादुर थापा, लिला गिरी, लिलानाथ श्रेष्ठ, विजय गुरूङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, सावित्रा भुसाल, सिराज फारूकी, सिता गिरी ओली, सिता पौडेल, सुजिता शाक्य, सुर्य थापा, सुशिला नेपाल, सोम पाण्डे, श्रीप्रसाद साह, हिक्मत कार्की, ज्ञानबहादुर भुजेल, केदार न्यौपाने, धर्मनाथ शाह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र शाह, तेली रामदयाल मण्डल, रतृश्वर गोइत, रविन्द्र बैठा, यदुवंश झा, हरिनारायण महतो, रघुवीर महासेठ, लालबाबु यादव, नारदमुनि राना, जुली महतो, मन्जु चौधरी, गणेश तिमल्सिना, खगराज अधिकारी, राजेन्द्र गौतम, नरेश खरेल, गुरू वराल, देवी ज्ञवाली, भानुभक्त जोशी, केशवलाल श्रेष्ठ, अच्युत मैनाली, देवेन्द्र दाहाल, युवराज खतिवडा, विनोद श्रेष्ठ, आनन्द पोखरेल, बलराम वास्कोटा, डोरमणी पौडेल, कैलाश ढुङ्गेल, गोकुल बास्कोटा, लिला भण्डारी, विमला घिमिरे र तिलकुमार मेनुङ सिफारिसमा परेका छन् ।

यस्तै, महेश बस्नेत, वसन्त मानन्धर, विनोद ढकाल, महेश रेग्मी, गौरी वली, रामेश्वर फुयाल, लक्ष्मण ज्ञवाली, चन्द्रबहादुर शाही, नरूलाल चौधरी, समिन अन्सारी, अहेन्द्र सुन्दर नेम्वाङ, हिम कार्की, श्रीनाथ बराल, रविन्द्र अधिकारी (नवलपुर), निरजप्रसाद आचार्य, विष्णु रिजाल, दिलु पन्त, रामेश्वर राना, दयालबहादुर शाही, टेकबहादुर राना, शारदा सुवेदी, प्रमोदनारायण शाह, पुण्य गौतम, साध्यबहादुर भण्डारी, गोविन्दविक्रम शाह र कृष्ण राई पूर्व एमाले पार्टीका तर्फबाट नेकपा (अण्डरलाइन)को केन्द्रिय सदस्यका लागि सिफारिस गरिएका छन् ।