विमलेन्द्रको प्रश्न- ‘मधेसी मिलेर के भयो ? वाम मिलेर के हुन्छ ?’

विमलेन्द्रको प्रश्न- ‘मधेसी मिलेर के भयो ? वाम मिलेर के हुन्छ ?’


पर्सा । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता हुँदैमा आतिनु नपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निधिले विगतका दिनमा भएको त्रुटिलाई सच्याउँदै अगाडि बढ्न आमकांग्रेसीसमक्ष आग्रह गरे ।

देशमा धेरै पार्टी फुटे र जुटे पनि कांग्रेसले नै दशकौँदेखि विशेष भूमिका निर्वाह गर्दै आएकाले पार्टीलाई दत्तचित भएर अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले मधेसी दलहरू एक भएको भनेर पनि एक हुन नसकेको र मधेसीको एकताले पनि काङ्ग्रेसलाई फरक नपरेको र वामएकताले पनि केही फरक नपर्ने दाबी गरे ।

नेपाल ट्रेड युनियन लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, कांग्रेस पर्साका सभापति अजय द्विवेदी, बाराका सभापति जयचन्द्र यादव, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेविसंघ पर्साका संयोजक दिलिपराज कार्की लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान र बीबीसी नेपालीकी माधुरी महतोलाई सम्मान गरिएको थियो ।

– प्रणय साह