गणतन्त्र नेपालमा ‘सूबथापथ’ !

गणतन्त्र नेपालमा ‘सूबथापथ’ !


– सूर्यन्द्र

सूर्यबहादुर थापा अर्थात् सुबथाबारे खोजीनिती गर्ने मेरो मनसाय नै थिएन । तर, हाल राप्रपा जुट अनि फुटको नाटकमा केही खड्किने कुरा देखियो । सूबथाको शेषपछि उनका शेषान्तरको राजसंस्थाप्रतिको उग्र व्यवहारले खोजी गर्न बाध्य गरायो । यहाँ ‘शेषान्तर’ शब्द उनको पथका पथिकको निमित्त प्रयोग गरिएको हो । सूबथा राजासंस्थानिकट रहेको सोच राखिन्छ । आफैंले फैलाएको हल्लाअनुसार राजा महेन्द्रले छोरालार्ई कठिनाइ परेमा सम्झनू भनेर अह्राएका मान्छे । तर, जब तथ्यहरू खोजियो, उनको अचम्मको रूप देखापऱ्यो ।

राजनीतिका सबैजसो खेलाडीका नाडी सूबथाले छामेका थिए । सबैको खेल्ने शैली थाहा थियो । भइरहेका घटना र त्यसको परिणामको अनुमान गजबको थियो । उनका अनुमानहरू प्रायश मिल्ने गर्दथे । त्यसको आफूअनुकूल प्रयोग गर्न सिपालु थिए । यसै क्षमताले उनी आफ्नो जीवनकालमा हमेसा फाइदामा रहे । जंगबहादुर सत्र भाइहरूको साथले सफल भएका थिए । सूबथाको चकचकीमा नातागोताकै वर्चश्व रहेको पाइन्छ ।

०२५ चैत २५ मा सूर्यबहादुर थापा पदमुक्त हुँदा पञ्चायतको करिब ८ वर्ष भएको थियो । त्यो अवधिमा दुईपटक गरेर उनी करिब साढे चार वर्ष प्रधानमन्त्री भइसकेका थिए । पद छुटेको लगत्तै पछि उनले राजनीतिक सुधारको आवश्यकता देखे । यो ब्रह्मज्ञानले उनी इटमबहालमा विरोधसभा गर्न पुगे । पक्राउ परेर नख्खु पुगे साथमा प्रकाशचन्द्र लोहनीलगायत पनि । डा. लोेहनीले आजकल आफ्नो भाषणमा यो घटना सुनाउने गरिरहेका छन् ।

राजाले राखेको प्रधानमन्त्री विश्वासपात्र नै हो भनेर बीपीले सोचे । सूबथासँग गरेको संवादमा धोका भएका कुरा बीपीले उल्लेख गरेका छन् । शायद यो थाहा पाएर नै राजा महेन्द्रले पदमुक्त गरेका थिए । चतुर सूबथाले राजाको विश्वास गुमाएको कुरालार्ई इटमबहालको भाषण र २१ दिने अनशनले छोपे ।

नेपालको राजनीतिमा हस्ती हुन सफल धेरै कुनैबेला नेपाली काङ्ग्रेस थिए । भन्नु परोइन कि उनी पनि नेपाली काङ्ग्रेसको उत्पादन थिए । टिकट नपाएको भ्mवाँकमा काङ्ग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएर हारेका । तर, आफू कुनैबेला काङ्ग्रेस भएको कुरा जीवनभर लुकाए । सूबथा बीपीको सिफारिसमा महासभा सदस्य भएका हुन् । राजा महेन्द्रको पालामा दुईपटक प्रधानमन्त्री बने । एकपटक नख्खुवास गरे । त्यसको व्याज बहुदलमा प्रधानमन्त्री भएर पाए । गणतन्त्रमा राजनीतिमा नयाँ छोरालार्ई मन्त्री पनि बनाउन सफल भए ।

राजा वीरेन्द्रले जनमतसङ्ग्रहको घोषणा गरेपछि उनी फेरि प्रधानमन्त्री भए । कीर्तिनिधि विष्टले यो काम गर्न नसक्ने हल्ला चलाइयो । ‘राजा महेन्द्रले सङ्कटको समयमा सूर्यबहादुरलार्ई सम्झनू भनेका छन्’ भन्ने हल्ला मच्चियो । प्रस्ट्याइरहनु आवश्यकता नै छैन कि यो सूबथा गिरोहबाट चलाइएको हल्ला थियो ।

राजा वीरेन्द्रले जनमतसङ्ग्रहको घोषणा गरेपछि उनी फेरि प्रधानमन्त्री भए । कीर्तिनिधि विष्टले यो काम गर्न नसक्ने हल्ला चलाइयो । ‘राजा महेन्द्रले सङ्कटको समयमा सूर्यबहादुरलार्ई सम्झनू भनेका छन्’ भन्ने हल्ला मच्चियो । प्रस्ट्याइरहनु आवश्यकता नै छैन कि यो सूबथा गिरोहबाट चलाइएको हल्ला थियो । यस हल्लाले सोझा राजा वीरेन्द्रलार्ई असर पऱ्यो । १६ जेठ ०३६ मा पुनः प्रधानमन्त्री पद पड्काए । जनमतसङ्ग्रहमा सुधारिएको पञ्चायतले हार नै भन्न सुहाउने जित हासिल गऱ्यो ।

त्यो जितको एक्लो भागीदार आफू भएकोझैँ गरेर काम गर्न थाले । करिब ४ वर्षपछि पञ्चायतमा अविश्वासको प्रस्तावले उनी हटाइए । २९ जेठ ०४० मा हटाइएपछि उनले आफूले धाँधली गरेर पञ्चायतलार्ई जिताएको भन्ने गर्जन गरे । यो हटाइमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको हात भएको भन्ने कुरा हल्ला थियो । सूबथाले यसबापत तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रमाथि हरेक किसिमको आक्रमण जारी राखे । लगत्तै ४ लाखको अन्तर समाप्त भयो, पञ्चायत ढल्न पुग्यो ।

बहुदलले दलहरूको आपसी खिचातानीले पञ्चलार्ई प्रधानमन्त्री बन्ने बाटो खोलिदियो । सानो दलले नेतृत्व पायो र फेरि प्रधानमन्त्री भए । अनि राजाले शेरबहादुरलाई अपदस्त गरेपछि नियुक्त गरेका लोकेन्द्रबहादुर चन्दको विरोधमा महाअभियान नै चलाए । फलतः एक–अर्कालार्ई मन नपराउने राजा र सूबथा एक स्थानमा आउनुपऱ्यो । उनले निर्वाचन गराउने सर्तमा २२ जेठ ०६० मा प्रधानमन्त्री पाए । निर्वाचन गराउने उनको कुनै मनसाय नै थिएन । यो अवसर आफ्ना नातागोताको गिरोहलार्ई फाइदा पुऱ्याउन प्रयोग गरे । फलतः २२ जेठ ०६१ मा उनलार्ई हटाइयो ।

त्यसपछिको आन्दोलनले ल्याएको नयाँ परिस्थितिमा उनी सकेसम्म राजाको विरोधमा नै रहे । प्रकटमा कम परोक्षमा ज्यादा । तैपनि उनले ‘ज्ञानेन्द्रले मन्दिर घुमेर केही हुन्न’ भनेको कुराले चर्चा पायो । उनको आधार पुराना पञ्चहरू हुन् । त्यो समूह राजसंस्था मनमा राखेर बसेको छ । त्यसैले त्यो आस्था हटाउन त्यही समूहमा बसेर मृत्युपर्यन्त सक्रिय भए । उनको मृत्युपछि शेषान्तर खुलेरै राजसंस्थाको विरोधमा लागेको स्वाभाविक हो ।