वैद्य माओवादीको आरोप- ‘एकीकरण होइन, माओवादी-केन्द्र एमालेमा समाहित’

वैद्य माओवादीको आरोप- ‘एकीकरण होइन, माओवादी-केन्द्र एमालेमा समाहित’


मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणलाई ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीले राष्ट्रिय आत्मसमर्पणवादको बाटो समाएको’ आरोप लगाएको छ । ‘यो एकीकरण नभई प्रचण्डको माओवादी एमालेमा समाहित भएको हो’, क्रान्तिकारीले विज्ञप्तिमार्फत् भनेको छ ।

दुवै पार्टी एकीकरणको पुर्वसन्ध्यामा क्रान्तिकारीका प्रवक्ता हरिभक्त कँडेलद्वारा जारी विज्ञप्तिमा परिवर्तनका यी सबै प्रक्रियामा जनताका हजारौँ छोराछोरीले सहादत प्राप्त गरे, हजारौँ बेपत्ता पारिए, कयौँ घाइते अपाङ्ग बने, तर आज प्रचण्डको पार्टीले धोका, विश्वासघात र गद्दारी गरेर धोका दिएको उल्लेख गरिएको छ ।

मालेमावादको अवमुल्यन गरी जनताको बलिदानलाई सम्झौता र सत्ताको लेनदेन गरी अवमुल्यन गरिएको विज्ञप्तिमा भनिएको छ । ‘यो कथित वामएकता हो, सच्चा इमान्दार कम्युनिष्टका कार्यकर्ताहरू अलग्गै रुपमा एकजुट हुन हामी आह्वान गर्दछौं,’ क्रान्तिकारी माओवादीले भनेको छ ।