३० जेष्ठ २०७८, आईतवार

फौजदारी अभियोग लागेमा स्वतः निलम्बन : राप्रपा

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार ०५:१३


राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिए । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्ने संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता पाठकले प्रस्तुत गर्ने प्रशिक्षणसम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाँले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव र केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्ने निर्वाचन परिणाम समीक्षासम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको छ ।

ती प्रतिवेदन वीरगञ्जमा हुने बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षक, वकिल हुँदै कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीसम्मको यात्रा बाबु गोबर्द्धन शर्मा राणाशासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबर्द्धन शर्मा नेपाली

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८

नरोत्तमले गरे क्षमायाचना नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका