आरोप प्रत्यारोप गरेर पार्टी बलियो हुँदैनः डा महत

आरोप प्रत्यारोप गरेर पार्टी बलियो हुँदैनः डा महत


नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताएका छन् ।

काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उनले सबैखाले वैमनश्यता पखालेर पार्टीका नेता, कार्यकर्ता जनताको काममा जुटनुपर्नेमा जोड दिए ।

‘विगतमा के भयो त्यसको विवाद झिकेर, एकले अर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन, एकता नै बल हो भन्ने भावनाबाट हामी सबै पार्टी संगठन विस्तारमा लाग्नुपर्छ’– सहमहामन्त्री डा महतले भने ।

जिल्ला कार्यसमिति सदस्य हेमन्त कर्माचार्यले कार्यकर्तालाई नेताहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न नहुनेमा जोड दिए ।