‘जागिर खान यादव सरकारमा नजाने’

‘जागिर खान यादव सरकारमा नजाने’


भारतीय प्रधानमन्त्रीको नेपाल आगमनमा नेपाली सुरक्षाकर्मीको भर नपरी भारतबाटै सुरक्षाकर्मी परिचालन गर्नुपरेको प्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि प्रकट गरेका छन् । आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको तर्कसमेत उनले गरेका छन् ।

आज चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको बताए । नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु राष्ट्रको ठूलो अपमान भएको उनको तर्क छ ।

एक अर्को प्रश्नमा उनले संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिंदै भने, ‘जागिर खानका लागि मात्रै चाहिँ हामी सरकारमा जाँदैनौँ ।’