संस्कृति मन्त्रालयको ध्यान जाओस्

संस्कृति मन्त्रालयको ध्यान जाओस्


श्रीमान् सम्पादकज्यू
घटना र विचार साप्ताहिकमार्फत संस्कृति मन्त्रालयलाई यो पत्र लेख्दै छु ।
श्रीमान् संस्कृतिमन्त्रीज्यू
सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, काठमाडौं
महोदय
त्यस मन्त्रालयद्वारा गठित ‘नेपाल पञ्चाङ्ग निर्णायक समिति’बाट स्वीकृत भएका हरेक वर्षका पात्राहरू अशुद्ध र अवैज्ञानिक रहिआएको तथ्य जगजाहेर नै छ । ०६६ को माघेसङ्क्रान्तिमा प्रतिपदा तिथिमा ग्रहण लागेको (११ः४९ बजेसम्म तर १२ः२४ बजे दिउँसो ग्रहण सुरु) देखिएको थियो । सो कुरा मैले विभिन्न प्रकाशनहरूमार्फत देखाइआएको विदितै छ । स्मरणीय छ, ग्रहण औंसीको या पूरि्णमा तिथिमा मात्र लाग्दछ । २०६७ को असोज-कात्तिकको सङ्क्रान्ति पनि बिगारिदिएको देखिन्छ ।
०६८ सालमा असार र साउन महिना लगातार ३२।३२ दिनका महिना बनाएर खगोलशास्त्रको मान्यतालाई उल्लङ्घन गरिएको देखिन्छ । अतः बुधबार भदौ १ गते हुनुपर्नेमा बिहीबार १ गते त्यो पनि रातिको २ः१९ बजे लेखिएको छ । भारतीय पात्राहरू मुर्म्बई, काशी आदिमा मध्याह्न कालमा तथा कलकत्ताको नवलगढबाट प्रकाशित हुने पात्राहरूमा बिहान १०ः२९ बजे भाद्र १ गते लेखिएको छ । मैले प्रकाशित गरेको आधुनिक दृक्पञ्चाङ्गमा बिहान ११ः२९ मा भाद्र सङ्क्रान्ति रहेको तर पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका सम्पूर्ण पात्राहरूमा बिहान मात्र सङ्क्रान्ति लेखिएकाले त्यसका आधारमा लेखिएका चाडपर्व, तिथिमिति, सरकारी बिदा एवम् पछि प्रकाशित सम्पूर्ण क्यालेन्डरहरू अशुद्ध भएको देखिन्छ । यसतर्फ मन्त्रालयको ध्यान पुग्नु जरुरी छ ।
आधुनिक खगोलशास्त्रअनुसार बढीमा ६३ दिन ८ घन्टा (कहिलेकाहीँ १२ घन्टा) सम्म र घटीमा साढे ५८ दिनका २ महिना पनि हुन सक्छन् । मुहर्ूत चिन्तामणिको ५।६ श्लोकमा बताइएअनुसार सङ्क्रान्ति राख्नुपर्दा साउन ३२ र माघ २९ दिनका भएका हुन् । तर, यसपल्ट २०६४ र ०६६ मा गरिएझैं गल्ती समितिले गरेको हुँदा सम्पूर्ण चाडपर्व अशुद्ध एवम् विकृत बन्न पुगेका छन् । अतएव मन्त्रालयले समितिद्वारा निर्धारण गरेका सम्पूर्ण पर्वहरूलाई रद्द गराई शुद्ध पञ्चाङ्ग बनाउन पहल गर्नुपर्ने भएको छ । साथै पञ्चाङ्ग निर्णायक समितिजस्तो संस्थामा गणित र धर्मशास्त्र जानेको मान्छे नियुक्त गर्न नसक्नु मन्त्रालयको पनि कमजोरी भएकाले यस्तो कमजोरीलाई सच्याउन म माननीय संस्कृतिमन्त्रीज्यूमा विनम्रतापूर्वक आग्रह गर्दछु ।
भवदीय, ज्यो. रत्ननिधि रेग्मी ँशुक्राचार्य’
मो. ९८४१२८४६३८ [email protected]

गुठीको स्वामित्व कसमा ?
अन्तरिम संविधान २०६३ ले हिन्दू राज्य हर्टाई नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि राजगुठीलगायत गुठी परम्परा कायम राखी धार्मिक कीर्ति थाम्ने दायित्व कसमा रह्यो ? पशुपतिको पुजारी ? भट्ट) भर्ना गर्ने, पशुपतिनाथको ढुकुटी सञ्चालन गर्ने कुराको औचित्य देखिँदैन । किनभने हिन्दू राज्यको दायित्व नलिने अधिकारचाहिँ नछोडिने, गुठीका सञ्चालक भने सरकारले भर्ना गर्ने गरिआएकै छ ।
गुठीको चल-अचल सम्पत्तिको जगर्ेना एवम् संरक्षण गर्ने, सदुपयोग गर्नेजस्ता कुराको कानुनी दायित्व सरकारबाट सञ्चालित गुठी संस्थानमै रहनु औचित्यपूर्ण हुँदैन भने दायित्व कसमा रहनुपर्ने हो ? प्रस्ट हुनुपर्दैन ? गुठीसम्बन्धी पदाधिकारीहरू अब सरकारप्रति जवाफदेही हुने कि
गुठियारप्रति ? प्रश्न स्वाभाविक खडा भएको छ ।
सामान्यतया कुनै दाताले आफ्नो कामना ? इच्छा) पूरा होस् भनी गुठी राखेको हुन्छ । त्यसका लागि गुठी सञ्चालन गर्न दाताको तर्फबाट गुठियारहरू रहेका हुन्छन् । दत्त ? दान दातव्य) को स्वामित्व गुठीमा रहेको हुन्छ । तर, नेपालमा सबैभन्दा ठूलो गुठी पशुपतिनाथ गुठी हो । यस गुठीको अस्तित्व राज्य निर्माणभन्दा पनि परको देखिन्छ । इतिहासमा राज्य व्यवस्थामा उथलपुथल ल्याउने बेलाबेलामा राजनीतिक घटना घट्दा पनि गुठी परम्परा भने सुचारु सञ्चालन हुँदै आएको देखिन्छ । लिच्छविकालमा वि.सं. ६६२ को शिवदेवको र वि.सं. ६६६ को अंशुवर्माको अभिलेखअनुसार क्रमशः ललितपुरको लेले र हाँडीगाउँमा गुठी सञ्चालन हुँदै आएको छ । यसरी हाम्रो गुठी परम्पराको विशेष पहिचान रहेको छ ।
सबैभन्दा ठूलो गुठी पशुपतिनाथको गुठीको सञ्चालन पशुपति अमालकोट, कचहरी ? निजी होइन, न त सरकारी) बाट हुँदै आयो । र, मछेन्द्रनाथ कालमोचना ? त्रिपुरेश्वर) जस्ता धेरै अन्य राजगुठीहरू भने सरकार मातहतको गुठी लगत फाँट, गुठी बन्दोबस्त अड्डाजस्तो कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । गुठीको आयस्ताहरू जंगबहादुरको राजस्वमै गाँसेर उठाउने गरेका थिए । अहिले त्यसरी नगाभे पनि गुठीको दत्त अझै सरकारले स्थापना गरेको गुठी संस्थान २०२१ र्-अर्धसरकारी) मै छ ।
विद्यमान अन्तरिम संविधान २०६३ अनुकूल सरकारले आइन्दा गुठीको स्वामित्व कसमा रही गुठी सञ्चालन सरकारी, अर्धसरकारी, गैरसरकारी कस्तो निकायबाट गर्ने हो ? नीति प्रस्ट तय नगरी सरकारले गुठीको ढुकुटी खोल्ने पुजारी ? भट्ट) भर्ना गर्नेजस्ता कुराहरूले समस्याको समाधान होइन जटिलता मात्र बढ्ने हुन्छ ।
– दामोदर पौड्याल, झम्सीखेल-२ ललितपुर

नेपाली कलाकार कस्ता ढोँगी †
कुनै नेपाली हिरो, हिरोइन, गायक, गायिका तथा अन्य कुनै कलाकारसँग कुरा गर्दै जाने क्रममा उहाँहरूलाई कुन गीत, चलचित्र वा कलाकार मनपर्छ भन्ने प्रश्न गरियो भने लगभग ९० प्रतिशत नेपाली कलाकारले गौरवका साथ विदेशी रंगकर्मी र विदेशी गीतको नाम लिनुहुन्छ । यसको एउटा उदाहरण हो हालै एउटा रेडियोमा एक प्रतिष्ठित हिरोइनले अन्तर्वार्ता दिने क्रममा उनले नेपाली श्रोतालाई नेपालीपनमा आउन मज्जाले सल्लाह दिइन् । नेपाली गीत, नेपाली चलचित्रहरूलाई हामीले नै माया गर्नुपर्छ भनेर सम्बोधन गरिन् । राष्ट्र र राष्ट्रियताको हितमा विदेशी सङ्गीत र चलचित्रले ठाडो हस्तक्षेप गर्छ भनेर पनि भनिन् । तर, अन्त्यमा सञ्चारकर्मीले कुन गीत तपाईंका लागि बजाऊँ ? भनेर सोध्दा उनले हिन्दी गीत बजाउन आग्रह गरिन् । यसबाट के स्पष्ट हुन्छ भने ‘जो रक्षक उही भक्षक’ जसले नेपालको राष्ट्र र राष्ट्रियताको कुरा गर्छ आखिर उसैले विदेशी गीत सुन्दोरहेछ । जब उहाँलाई विदेशी गीत, चलचित्र नै मनपर्छ भने किन राष्ट्र र राष्ट्रियताको कुरा गर्नु ? किन आमजनतालाई नेपाली गीत, चलचित्र नै हर्ेर्नुपर्छ भनेर झुटो कुरा गर्नु ? यहाँ त जसले गीत, चलचित्र बनाउँदोरहेछ उसैले नसुन्ने र नहेर्ने रहेछ नि ।
यो त हाम्रो देशमा चलिआएको परम्परा नै हो । यहाँ राजनीतिक हस्तक्षेप मात्र छैन, धार्मिक, सांस्कृतिक र भौगोलिक हस्तक्षेप पनि छ । तर, यी सबै हस्तक्षेपका पछाडि रक्षकहरू नै छन् । राजनीतिक हस्तक्षेपका मुख्य कारक भनेको हाम्रो देशका नेताहरू नै हुन् जुन आफ्नो स्वाभिमानलाई स्थापित गर्न सक्दैनन् । गीत, सङ्गीत तथा रंगमञ्चले पनि ठाडो भारतीय हस्तक्षेपको झझल्को दिइरहेको छ जुन नेपाली रंगकर्मीहरूले आश्रय दिइरहेका छन् । हिन्दी चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्नु र एफएम रेडियो तथा टेलिभिजनहरूमा प्रशस्त मात्रामा हिन्दी गीतहरू बज्नुले राष्ट्र र राष्ट्रियताको मेरुदण्ड निकै कमजोर बनाउँछ । यसबाहेक चलचित्र मन्दिरहरूमा पनि हिन्दी चलचित्र बढी लाग्नु, क्यासेट पसलहरूमा पनि नेपाली चलचित्रका क्यासेटहरू पर्याप्त मात्रामा नपाउनु, पाए पनि निकै महँगो मूल्य तिर्नुपर्नेजस्ता कारणहरूले नेपाली गीत-सङ्गीतप्रति आस्था राख्ने पारखीहरूको मन दुख्छ । यहाँ झण्डै एक सयभन्दा बढी एफएम स्टेसन र रेडियोहरू छन् । प्रायः सबैमा हिन्दी गीत बज्छ । कस्तो अचम्म † हामै्र देश हामै्र रेडियोमा हाम्रो आफ्नै भाषाका गीत सुन्न नपाउनु । यहाँ त नेपाली गीतबाहेक एक-दुई घन्टा मात्र अङ्ग्रेजी गीत बज्नुपर्ने हो तर यहाँ त झुक्किएर मात्र नेपाली गीत बजेजस्तो लाग्छ । अङ्ग्रेजी विश्वभरि बोलिने भाषा हो । यसलाई मागअनुसार प्रस्तुत गर्नु राम्रो हो तर हिन्दी गीत र चलचित्रको यहाँ कुनै आवश्यकता छैन । यो त पूर्ण रूपले बन्द भए पनि हुन्छ । हिन्दी हाम्रो देशमा कसैको पनि मातृ भाषा होइन न त विश्वभरि नै बोलिने भाषा हो । यो कुरा नेपाली रंगकर्मी र श्रोताहरूले बुझनुपर्छ । विवाह, ब्रतबन्ध, सांस्कृतिक कार्यक्रमहरू तथा मोबाइलका रिङटोनहरूमा बज्ने हिन्दी गीतहरू सबै हाम्रा लागि बेकार छन् । यसले हाम्रो प्रतिष्ठामा धक्का पुर्‍याउँछ । हिन्दी गीत सुन्नु भनेको त आफ्नो आमा बिर्सेर अर्कैलाई आमा भन्नु हो । तर्सथ हिन्दी गीत चलचित्रप्रतिको मोह हामी
नेपालीले त्याग्नुपर्छ ।
– शिविन भण्डारी