क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाँक्री गिरफ्तार

क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाँक्री गिरफ्तार


अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्री पक्राउ परेका छन् । यही वैशाख १८–२० मा पोखरामा सम्पन्न छैठौँ राष्ट्रिय सम्मेलनले गरेको निर्णयहरूबारे जानकारी दिन मंगलबार राजधानीको अनामनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा ‘संवाद डबली’ परिसरबाट झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महासंघले जनाएअनुसार अध्यक्ष झाँक्रीसँगै महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरू शिशिर थापा, एलबी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद श्रीपाइली, शिव परियार र नितु शाहलाई समेत अपहरण शैलीमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरिएकोमा सो महासंघले विरोध र भत्र्सना गर्दै अविलम्ब रिहाईको माग गरेको छ । आफैले जारी गरेको संविधानको धज्जी उडाउँदै वर्तमान राजनीतिक दलहरूको सरकारले शान्तिपूर्ण भेला, सम्मेलन, संगठन गर्न पाउने तथा राजनीतिक विचार स्वतन्त्रताको ग्यारेन्टी जस्ता कुरालाई उपेक्षा गरेको आरोप पनि लगाइएको छ । महासंघका महासचिव गोकुल दाहालले जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएका नेताहरूलाई तत्काल रिहा नगरे प्रतिरोधमा उत्रने र प्रतिरोधि सङ्घर्षबाट उत्पन्न हुने परिणामको सरकार स्वयम् जिम्मेदार रहने जनाएइएको छ ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन ‘योङ्ग रेड फोर्स, नेपाल’ले पनि आफ्नो संगठनका केन्द्रिय अध्यक्ष विवशलगायत सयौा नेता तथा कार्यकर्तालाई धरपकड गरी हिरासतमा लिएको भन्दै विरोध जनाएको छ । सो फोर्सका महासचिव पाटन जङ्गलीले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका नेता–कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।

हुर्नुहोस विज्ञप्ति–