भारतमा आयोजित टी-२० क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा विजयी

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो । गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राज्यो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो…