जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान निर्विरोध

नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधान निर्विरोध चयन भएका छन् । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि शनिबार (१२ पुस) सम्पन्न चुनावी साधारण सभाले प्रधानलाई अध्यक्ष छानेको हो । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो । एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय…