शक्तिको आडमा करातेमा पुनः फोहरी खेल आरम्भ

■ श्रीविक्रम भण्डारी शक्तिको आडमा कराते खेलमाथि पुनः फोहरी खेलको आरम्भ भएको छ । राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त बैधानिक नेपाल कराते महासंघलाई गुमराहमा राख्दै अर्कै अनधिकृत तथा नक्कली समूहले महासंघको नाममा राखेपमा पत्राचार गरेपछि करातेमा खेलिएको फोहरी खेलको पर्दाफास भएको हो । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक दीपकराज शाहीले महासंघलाई पत्राचार गरेपछि उक्त…