अख्तियारमा तीन दर्जन उजुरी, परिषद् आउनै छोडे सदस्यसचिव सिलवाल

■ श्रीविक्रम भण्डारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भएको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जनभन्दा बढी उजुरी परेका छन् । अख्तियारमा उजुरीको चाङ लागेको चर्चा परिषद्मा चलेपछि पछिल्लो दुई सातादेखि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल कार्यालय आउन छोडेको स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार अख्तियारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने कुरालाई मध्यनजर…