पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग

नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा आयोजित एक कार्यक्रमबीच पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले सात सदस्यीय खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले सहयोग गरेका हुन् ।…