नेकपा सचिवालय बैठक : अनुशासनमा बोहरा र लेखामा कँडेल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बिहान बसेको सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्ष र सचिव चयन गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । सोही आयोगको सचिवमा अशोक रोकाया चयन भएका छन् । यसैगरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको…