खतिवडा पुनः अर्थमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई पुनः नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार (२० फागुन) मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति…