सुनील थापाद्वारा राप्रपाको एकीकरण समारोह बहिस्कार

राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनीलबहादुर थापाले बुधबार राष्ट्रिय सभामा आयोजित राप्रपा एकीकरण समारोह बहिस्कार गरेका छन् । पशुपतिशमशशेर राणाको नेतृत्वले गणतन्त्र र संघीयताविरुद्ध राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी हुन नसकेको थापाको तर्क छ । थापाले राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपतिशमशेरको…