सैनामैनाका युवाहरु ‘राजा आउ’ भन्दै सडकमा

सुरेश परियार, रुपन्देही सरकारका विभिन्न गतिविधिको विरोध गर्दै शनिबार रुपन्देहीको सैनामैनाका युवा जमात सडकमा उत्रिएका छन् । देशमा गणतन्त्र आए पनि जनतालाई दुःख दिने बाहेक सरकारले केही उपलब्धि हासिल गर्न नसकेको भन्दै युवाहरुले राजा आऊ, देश बचाउ जस्ता नारा लगाएका थिए । सोही प्रकृतिका नारा लेखिएका प्लेकार्डसहित सडकमा उत्रिएका उनीहरुले एमसीसी खारेजीको माग गरे ।…