एमसीसीबारे प्रवक्ता शर्माले भने- ‘सुनेको भरमा धारणा नबनाउनुस्’

एमसीसीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र रस्साकस्सी र अन्योल बढिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धारणा थप प्रष्ट्याएको छ । एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने भन्ने कुरा बिल्कुल निराधार रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जिकिर गरेका छन् । कांग्रेस झापाले आइतबार बनियानी (झापा)मा आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित…