केपी किन पुगे एमाले पुनर्गठनको निष्कर्षमा ?

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सत्ता–सङ्घर्ष शुरु भएपछि नेपालको कम्युनिष्ट आन्दोलन सङ्कटपूर्ण अवस्थामा पुगेको छ भने नेपालमा संसदीय प्रजातन्त्र ‘अफाप हुने’ सङ्केत देखिन थालेको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएयताका सत्तरी वर्षभित्र सात वटा संसदीय (दुई वटा संविधानसभासहित) निर्वाचन भएकोमा चार निर्वाचनमा एउटा दललाई स्पष्ट बहुमत प्राप्त भएको थियो ।…