इलाम उपनिर्वाचन : निर्वाचन आयुक्त भण्डारीसहित अधिकारीहरूको टोलीद्वारा अनुगमन

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका उच्चपदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप–निर्वाचन इलाम क्षेत्र नम्बर २ को अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्तिसुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त भण्डारी, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय…