यस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित एक समारोहबीच प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका उपेन्द्र यादर्वलगायत शीर्ष नेताहरूले सरकारको कार्यक्रम सार्वजनिक गरेका हुन् । समारोहमा साझा कार्यक्रम निर्माण कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले न्यूनतम साझा कार्यक्रम पढेर सुनाएका हुन् ।…