नेपालको ‘राष्ट्रिय रुख’ के ?

‘राष्ट्रिय रुख’विहीन नेपाल ! ‘नेपालको वन हरियो धन भनेर’ घोक्रो सुकाएर नारामात्र लगाएर देश समुन्नत र समृद्ध हुन कदापि सक्दैन । दिनरात खटिएर वन जोगाउने उपभोक्ताहरू गरिबीमै रहने अनि काठ र फर्निचर जति थाइल्याण्ड, इन्डोनेशिया, मलेशिया, म्यानमार, भारत र चाइनाबाट ल्याउने हो भने हामीले जोगाएको वनको के काम ? यस्तो वनबाट देशको आर्थिक उन्नतिमा सुन्य…