बढ्दो सवारी दुर्घटना र राज्यको निरीहता

मुलुकमा पछिल्लो समय सवारी दुर्घटनामा देखिएको बढोत्तरीले एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । सडकयात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइन्न भन्ने सवाल हरेक यात्रीको मनमा पैदा हुने र ईश्वर पुकारेर हिँड्नुपर्ने परिस्थितिको सिर्जनाले सर्वसाधारणदेखि राज्यका सरोकारवाला निकायसम्मलाई झकझक्याएको छ । प्रत्येक चार वर्षमा सडक दुर्घटनाबाट ज्यान गुमाउने तथा अङ्गभङ्ग हुनेको सङ्ख्या कथित…