सम्पत्ति विवरणले उब्जाएको प्रश्न

देशमा बहुदलीय व्यवस्थाको पुनरोदय भएयता सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नीति राज्यले अवलम्बन गर्दै आएको छ । खासगरी मुलुकको प्रमुख कार्यकारी ओहोदामा रहेका प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्य (मन्त्री)हरूको निजी सम्पत्तिबारे आमनगारिकले बढी नै चासो राखेका हुन्छन् । जनताको प्रतिनिधित्व गर्दै उच्च ओहोदमा पुगेका व्यक्तिको आर्थिक हैसियतमाथि सरोकार राख्नुपर्ने अनेक कारणमध्ये प्रमुख…