लोकतन्त्र र लाठी

गणतन्त्र स्थापनाका लागि गहन भूमिका निर्वाह गरेर मुलुकलाई महान् गुन लगाएको भन्दै दिवंगत गिरिजाप्रसाद कोइरालाका कट्टर अनुयायीहरूले गत सोमबार उनको सातौँ स्मृति दिवस आ–आफ्नै शैलीमा मनाए । नेपाली काङ्ग्रेस पार्टीको शक्तिशाली सभापति रहेकै अवस्थामा मृत्युवरण गरेका कोइरालाको स्मृति दिवस भव्य तुल्याउन स्वयम् काङ्ग्रेस पार्टी केन्द्रद्वारा कुनै औपचारिक स्मृतिसभाको आयोजना नगरिएकोमा काङ्ग्रेसको एक पङ्क्तिले गुनासो गरे…