मानिससँगै एटिच्युड विदेश पुगेपछि…

बबिता बस्नेत केही समयअघि डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाइएको एउटा छोटो युट्युब भिडियो सोसियल मिडियामा देखियो । १६ सेप्टेम्बर २०१८ मा अपलोड गरिएको उक्त भिडियोमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिकामा आयोजित कुनै समारोहमा भाग लिन जाँदै गर्दा केही नेपालीले कालो झन्डा देखाएको दृश्य थियो । कालो झन्डासँगै थोरै सङ्ख्यामा रहेका मानिसले केही शब्द…