सञ्चालनमा आयो मर्स्याङ्दी जलाशयमा मोटरबोट

पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गर्नुभयो । उहाँले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार…