कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उनकी अन्दाजी २२ वर्षीया बहिनी कोली, तीन महिनाका छोरा इप्सन भट्टराई…