सार्वजनिक यातायातमा भाडा बढ्यो

सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत भाडा बढाइएको हो । गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर रु १५ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने…