मेलम्चीको पानी आउन तीन महिना लाग्ने

रासस मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुनः ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको…