भारतको अनुदान सहयोगमा सर्लाहीमा दुई नयाँ विद्यालय भवन

भारत सरकारको आर्थिक सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालयका नयाँ भवनको उद्घाटन गरिएको छ । सर्लाहीको पिपरिया (कविलासी-२) स्थित श्री बाल गोविन्द जनता उच्चमाध्यमिक विद्यालय र नेत्रगंज (लालबन्दी-१) स्थित श्री जनता उच्चमाध्यमिक विद्यालयका नयाँ सुविधासम्पन्न भवनहरूको उद्घाटन गरिएको हो । क्रमशः ६९ लाख ४० हजार र नेरु. १ करोड ५९ लाख ४० हजार लागतमा निर्माण भएका…