जिल्ला न्यायाधीशको नतिजा प्रकाशानार्थ न्याय सेवा आयोगको बैठक बुधबार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाउनुभएको छ । आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि भोलि ३ बजे न्याय सेवा आयोगको बैठक बस्न लागेको हो । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष…