बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख मात्रा काठमाडौं आइपुग्यो

बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज (सोमबार) काठमाडौं आइपुगेको छ । नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो जानकारी दिएकी हुन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड-१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यीमध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको…