नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त हुनुभएकामा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उहाँको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई…