‘महारानीको राजनीति’

पार्टी सभापतिका रूपमा देउवाको यो कार्यकाल आफ्नी पत्नीलाई पार्टीको केन्द्रबिन्दुमा स्थापित गरी पुत्र तयार नहुन्जेलसम्मका निम्ति पार्टी र राज्यसत्ताको बागडोर पत्नीमा सीमित गर्ने कार्ययोजनाका निमित्त हो । देवप्रकाश त्रिपाठी विभिन्न जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गरी भूतपूर्व प्रजातन्त्रवादी पार्टी काङ्ग्रेसको पक्षमा जनमत बढाउने उद्देश्यका साथ सक्रिय एक ‘हाइप्रोफाइल’ महिलाको चर्तिकला यसपटक सबै नेपालीले महसूस गर्न पाए…