११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँको विकास होस्

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको शुभारम्भ गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको वृद्धा भट्टको भनाइ…