भक्तपुर र काभ्रेका विभिन्न स्थानबाट सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।…