नयाँ गठबन्धनबाट अन्योलमा नपरी महाधिवेशन तयारीमा जुट्न माधव नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष नेपालले गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिएका हुन् । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भनेका…