विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला खेल प्रारम्भ

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल टीकापुर (कैलाली)मा शनिबारदेखि सुरु भएको छ । स्थानीय महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका-१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि…