इन्द्रजात्राको लिङ्गो हनुमानढोकामा

तस्बिर रासस यस वर्षको इन्द्रजात्राको लिङ्गो हनुमानढोका ल्याइएको गुठी संस्थान काठमाडौं कार्यालयले जनाएको छ । इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालाको जङ्गलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ । राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिङ्गोलाई हनुमानढोका भित्र्याउने परम्परा छ । लिङ्गो काटेर ल्याउने काममा मानन्धर समूहको सक्रियता…