आज तीजको पहिलो दिन : व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज नेपाली महिला दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन…