२५ वर्ष पुग्यो चार निबन्धकारको एउटा कृति

चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशको संयुक्त निबन्धकृति ‘संवेदनाका स्वरहरू’ प्रकाशित भएको २५ वर्ष पुगेको छ । सोहीअवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले उक्त निबन्धकृतिमाथि परिचर्चा कार्यक्रमको आयोजना गर्दै निबन्धकारितामाथि विहङ्गम छलफल गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले कृतिकारहरूलाई बुझ्न ‘संवेदनाका स्वरहरू’भित्र पस्नुपर्ने बताइन् । उनले…