मनाइयो ८५औँ अम्बर जयन्ती

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहनुभएका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाएको छ । संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पुऱ्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।…