जसले सिङ्गो शताब्दीभर निःशुल्क समाजको सेवा गरिरहे

डिल्ली अम्माई, दमेक (बाग्लुङ) लोक कल्याणको लागि आत्मत्याग गर्ने महापुरुषहरूमा बैदिक महर्षि दधीचिको नाम अत्याधिक आदरपूर्वक लिइन्छ । वृत्रासुर राक्षसबाट पीडित देवराज इन्द्र सहयोगको याचना गर्दै महर्षि दधीचिसँग जान चाहँदैनथे, किनकि इन्द्रले एकपटक दधीचिलाई अपमान गरेका थिए । त्रिदेवको भनाइअनुसार दधिचिको हाडबाट बनेको बज्रबिना वृत्रासुरको बध असम्भव थियो । किनकि उसलाई मार्न कठोर तपस्या वा…