४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि…

वर्षौंअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । अमेरिकाको भर्जिनियास्थित योर्क नदीको किनारमा हिँडिरहेका एक बाबु र छोराले ४४ वर्षपहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् । सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो पेप्सीको शिशाको बोतल भेट्टाएका थिए…