युक्रेनमा स्टारलिङ्कलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको प्रष्टोक्ति

स्पेस-एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार जनाएका छन् । अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ । मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो । युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध…