भारतले अन्तरिक्षमा पठायो आदित्य एल-१

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आदित्य एल-१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट शनिबार बिहान सूर्ययान अर्थात् आदित्य एल-१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल-१ को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष…